वन नर्सरी एक क्षेत्र हो, जहाँ बिरुवाहरुलाई अन्तिम रोपणको लागी उत्पादन गरीन्छ । बिरुवाहरु घाँस, काठ, फलफूल र वायोइन्जिनिरिंग आवश्यकताहरुको लागी उत्पादन गरीन्छ। स्वस्थ बिरुवा उत्पादन गर्न नर्सरीको लागी एक उपयुक्त क्षेत्रको चयन एकदम महत्वपूर्ण छ। नर्सरी संरचना बनाउनको लागी हामी स्थानीय स्तरमा उपलब्ध स्रोत र हाम्रो संगठनको उद्देश्य अनुरूप, हामी प्रस्तावित क्षेत्रको सामाजिक आर्थिक र वस्तुस्थिति को प्रारम्भिक सर्वेक्षण गरी र स्थानीय समुदायहरु, स्थानीय निकायहरु, सामुदायिक वन उपभोक्ता समूहहरु र अन्य सम्बन्धित सरोकारवालाहरु सँग परामर्श गर्दछौ l उक्त सर्वेक्षणबाट जमिन स्तरको आवश्यकताहरुको पहिचान र वन नर्सरी अघि स्थानीय जनताको चासो आदिको पहिचान गर्दछौ र प्रस्तावित क्षेत्र उपयुक्त छ भने हामी अस्थायी वन नर्सरी स्थापना गर्दछौं। मुख्यतया, हामी वन नर्सरी स्थापित नर्सरीमा वन रूख प्रजातिहरु, डाले घाँस प्रजातिहरु, सौन्दर्यबर्दक प्रजातिहरु र फल प्रजातिहरुका बिरुवा उत्पादन गर्दछौं। हामी, स्थानीय समुदायहरुको सहयोगमा, स्थानीय प्रजातिका बिरुवाहरु, बेररुट रोपण, बीउ बम (सिड बम), कटिंग र सीधै बीउ छर्ने विधि को उपयोग गरी वन क्षेत्रलाई पुनर्स्थापना गर्दछौं। स्थानीय नर्सरी भित्र रोजगारको अवसर प्रदान गरीन्छ र नर्सरी व्यवस्थापन को लागी आवश्यक तालिम पनि दिईन्छ । यस बाहेक, अन्य रोजगार कामहरु जस्तै पोलिपोट भर्ने, नर्सरी बेड निर्माण र वृक्षारोपण को लागी प्रदान गरिन्छ। चरम गरिबी र वञ्चित समूहहरुमा बस्ने मानिसहरुलाई रोजगारीको अवसर प्रदान गर्ने हाम्रो मुख्य प्राथमिकता हो ।