स्थानीय जनताको आवश्यकता र क्षेत्रको भौगोलिक अवस्था अनुसार केही घाँसहरु वृक्षारोपण क्षेत्रमा रोपिएको छ । बाँस (Bamboo spps), भेटिभर (Chrysopogon zizanioides) र नेपियर (Pennisetum purpureum) जस्ता प्रजातिहरु माटो संरक्षण र जमिनलाई स्थिर बनाउन भू-क्षय भएको क्षेत्रमा रोपिएका छन्।