Plantation Nepal

जीविकोपार्जनमा वृक्षारोपणको प्रभाव बुझ्नको लागी राम्रो परिणाम प्राप्त गर्न जरूरी छ। स्थानीय र समुदायहरु वन स्रोत साधन को पहिलो लाभार्थीहरु हुन् र उनीहरु रोपण क्षेत्रको रक्षा गर्नको लागी हस्तीहरु हुन्। यसरी वन र जीविकोपार्जन एक-आपसमा जोडिएका छन्। वनले स्थानीयहरुको दैनिक क्रियाकलाप चलाउन स्रोत प्रदान गर्दछ तर दिगो उपयोगको माध्यमबाट वन स्रोत साधनहरुको सही ढंगले उपयोग गर्न आवश्यक छ ।

हाम्रो सस्थाको  दीर्घकालीन लक्ष्य भनेको वनको पुनर्स्थापनाको  माध्यम बाट स्थानीय जीविकोपार्जन उकास्नु हो। यस बाहेक, हामीले कृषि तथा पशुपालनमा सहयोग गर्न फलफुल तथा डाले घाँसको बिरुवाहरु स्थानीय समुदायलाई वितरण गर्दै आइरहेका छौँ । नर्सरीको स्थापना, उत्पादन र नर्सरी बिरुवा रोपण र रोपिएको स्थानको सफाईको लागी स्थानीय मानिसहरुलाई संस्थाद्वारा परिचालन गरिन्छ । यस परियोजनामा काम गरेर धेरै मानिसहरुलाई रोजगारीको अवसर प्राप्त गरेका छन् र आफ्नो परिवार चलाउनको लागी एक माध्यम बनेको छ।