तीस वर्षिय, देवी लामा उदयपुर नर्सरीको नर्सरी नाइके हुन् । उदयपुरमा नर्सरी स्थापना भएको समयदेखि नै उनी आवद्ध हुदै आइरहेकि छिन् । उनी आफ्नो श्रीमान्, दुई छोरा, एक छोरी र एक बुहारीसँग बस्छिन् । पेशाको कुरा गर्नुपर्दा, उनको श्रीमान् एक प्लमबर हुन् र उदयपुर सामुदायिक वनमा दैनिक ज्यालादारीमा पनि काम गर्दै आइरहेका छन् । नर्सरीमा आवद्ध हुनुपुर्व उनी एक घर गृहिणी थिइन् । उनको परिवार आर्थिक रुपमा कमजोर र श्रीमान्को कमाइमा नै निर्भर थियो । नर्सरीमा आवद्ध भइसकेपछि, उनीहरुको दैनिक जीवनमा केही परिवर्तन आएको छ । अहिले, दुवै मिलेर परिवारको आर्थिक जिम्मेवारीको भार एक अर्कासँग साट्दै खुसीका साथ जीवन यापन गरिरहेका छन् ।
उनको सानै उमेरमा विवाह भएको कारणले गर्दा उनले आफ्नो औपचारीक शिक्षा हासिल गर्न सकिनन् । नर्सरी कार्यक्रममा आवद्ध भई सकेपछि हजुरलाई कस्तो महसुस भइरहेको छ भन्ने प्रसङ्गमा उनको जवाफ यसप्रकारको थियोः “मैले सोचेको थिएँ, मेरो सबै जीवन चार भित्ताहरु भित्र नै सिमित हुन्छ होला ! तर नर्सरीको काममा नेतृत्व गर्ने क्रममा मेरो क्षमताको अभिवृद्धि भएको छ । अहिले, म समुदायसँग मिलेर काम गरिरहेको छु र म अत्यन्त खुसी महसुस गर्दैछु ।”
आफ्नो युवा अवस्था काठ–दाउरा र स्याउला संङ्कलनमा खर्च गरेको हुनाले उनले वन–जङ्गलको महत्व राम्रोसँग बुझेकी छिन् । उनको गुनासो थियोः “अहिलेको वन–जङ्गल पहिले जस्तै रहेनन् । वनको स्रोतहरु पनि पहिलेको तुलनामा आजभोली एकदमै कम रहेको छ ।”
उनको जीवन र नर्सरीको कामले गर्दा त्यस गाउँघरको अरु धेरै महिलाहरु प्रभावित छन् । उनले भनिन्ः “यो कार्यक्रमले मेरो स्वतन्त्रतामा पखेटा हाल्ने काम गरिरहेको छ ।” हामीलाई बिदाइका हातहरु हल्लाउनु अघि यस कार्यक्रमले उनको जीवनमा कसरी सहयोग पु¥याइरहेको छ भन्ने कुरालाई उनले जोड दिइन् ।
क्षयिकरण भएका क्षेत्रहरु जँहा स्थानीयहरुको जीविकोपार्जन वनजन्य श्रोतहरुसँग निर्भर रहेको हुन्छ ।यस्ता क्षेत्रहरुमा लामो समयसम्म वृक्षारोपण गरी स्थानीय उपभोक्ताको जीविकोपार्जनलाई दिगो रुपमा बलियो बनाउने कार्यक्रम सञ्चालन गर्दछौं ।
तपाईंको आसपासमा पनि यस्ता क्षेत्र छन् र वृक्षारोपण गर्न इच्छुक हुनुहुन्छ भने सहकार्यका साथ अगाडी बढौँ ।