वृक्षारोपण कार्यको प्रभावलाई सही ढंगले निर्धारण गर्न अनुगमन तथा मूल्यांकन आवश्यक छ। वन पैदावार र वृक्षारोपण मात्र नभई समग्रमा कार्यक्रम सफलताको मापनको लागी निगरानी समान रूपमा महत्वपूर्ण छ। वृक्षारोपण स्थलहरुको लागी प्रमुख खतराहरुलाई सम्बोधन गर्न अनुगमन महत्वपूर्ण छ।
स्थायी नमूना प्लट स्थापना गरी पूर्व निर्धारित तालिकामा वृक्षारोपण क्षेत्रको अनुगमन गरिन्छ। नमूना प्लटमा, हामी बिरुवा को सफलता, प्रजाति संरचना, बिरुवाको बृद्धि र विकास, अवरुद्द (वन आगो, चराई, बाढी आदि) को सर्वेक्षण गर्दछौ, जसले हामीलाई पुनः रोपणमा सहयोग पुग्दछ । वन पैदावार सर्वेक्षणको माध्यमबाट हामी एक नियमित आधारमा वृक्षारोपण क्षेत्रहरुको वन स्रोत मापन गर्दछौ।