Plantation Nepal

संस्थाको परिचय

वृक्षारोपण पहल नेपाल, जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई समाज कल्याण परिषदबाट मान्यता प्राप्त एक गैर नाफामूलक गैर सरकारी संस्था हो । जसको स्थापना वि.सं. २०७५ सालमा भएको थियो । स्थापनाकालको छोटो समय अवधिमै वनको पुर्नस्थापना र स्थानिय जीविकोपार्जन उत्थानको क्षेत्रमा उल्लेखिय टेवा पुर्याएको छ । यस कार्यक्रमले महिला, गरिब तथा पिछडिएको वर्गलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ । यस संस्थाले बृक्षारोपण मार्फत वनको दिगो व्यवस्थापन तथा लोपोन्मुख वन्यजन्तुको वासस्थानको संरक्षणको आधार तयार पारेको छ । हामीले हिमालको शेर्पा, मध्य पहाडको चेपाङ तथा तराईको थारु समुदायहरुलाई समेट्दै स्थानिय समुदाय, स्थानिय निकाय, तथा सम्बन्धित सरकारवालाहरुसँग समन्वय गरि काम गर्दै आएका छौं । वर्तमान अवस्थामा, हामीले नेपालको पूर्वी झापा देखि पश्चिममा बर्दियासम्मका १३ वटा जिल्लामा कार्यक्रमहरु लागु गरिरहेका छौं ।

हाम्रो उद्देश्य

वन विनाश तथा क्षयिकरण भएका क्षेत्रहरुमा वृक्षरोपण गरी गरिव, विपन्न, आदिवासी तथा महिलाहरुलाई रोजगारी सृजना गर्दै वातावरण हरियाली बनाउनु हाम्रो मुख्य उद्देश्य हो ।

विशेषज्ञताको क्षेत्र

हामी हिमालका आदिवासी शेर्पादेखि, पहाडका चेपङ र तराईका थारु सहित विभिन्न समुदायहरुसंग सहकार्य गर्दै काम गरिरहेको छौं । हाल हाम्रो वृक्षरोपण कार्यक्रम पश्चिमको बर्दियादेखि पुर्वको झापासम्म तेह्र जिल्लामा चलिरहेको छ ।

हाम्रो काम गर्ने प्रक्रियाहरू

स्थलगत अनुगमन
– वृक्षारोपण आवश्यकता
– स्थानीय अग्रसरता
– समुदायिक इच्छाशक्ति
– वृक्षारोपण क्षेत्रको अनुगमन

कार्यक्रमको सुरुवात
– स्थानीयसंगको छलफल
– रोप्ने बिरुवा प्रजाति छनोट
– नर्सरी नाइके छनोट
– नर्सरी निर्माण

दिगोपन
– स्थानीय निकायसंग सहकार्य
– वृक्षारोपण
– रोजगार सृजना
– विपन्न तथा गरीबलाई प्राथमिकता

वातावरण संरक्षण गर्न एकजुट हुनुहोस् !

क्षयिकरण भएका क्षेत्रहरु जँहा स्थानीयहरुको जीविकोपार्जन वनजन्य श्रोतहरुसँग निर्भर रहेको हुन्छ ।यस्ता क्षेत्रहरुमा लामो समयसम्म वृक्षारोपण गरी स्थानीय उपभोक्ताको जीविकोपार्जनलाई दिगो रुपमा बलियो बनाउने कार्यक्रम सञ्चालन गर्दछौं ।
तपाईंको आसपासमा पनि यस्ता क्षेत्र छन् र वृक्षारोपण गर्न इच्छुक हुनुहुन्छ भने सहकार्यका साथ अगाडी बढौँ ।