नर्सरी मा उत्पादन बिरुवा सार्वजनिक (राष्ट्रिय वन, सामुदायिक वन र कबुलियती वन), निजी र अन्य जग्गा मा रोपिएको छ। हामी एकल प्रजाति वृक्षारोपण लाई बढवा दिदैनौं। बिरुवालाई लाइनमा भन्दा छरिएर रोपिएको छ। वृक्षारोपणको लागी हामी २ मि. × २ मि. दुरी कायम राख्छौं। यो मिश्रित वृक्षारोपण अवधारणा प्राकृतिक वनको लागी हो।
हामी स्थानीय समुदायहरुका मानिसहरु लाई रोजगारद्वारा स्थानीय आवश्यकताको आधारमा स्थानीय प्रजाति रोप्दछौं। हामी वृक्षारोपणमा भाग लिनेलाई आर्थिक लाभ प्रदान गर्दछौं। हामी स्थानीय स्तरमा सम्भाव्य, आर्थिक रुपमा उपयुक्त, र आर्थिक रुपमा लाभदायक वन स्थापनालाई प्राथमिकता दिन्छौं। उत्पादित फलफूल र सौन्दर्यबर्दक बिरुवा नि: शुल्क व्यक्तिगत रुपमा वितरण गरिन्छ।