Plantation Nepal

हामी के गर्छौ
वृक्षारोपण नितिहरु

वृहत स्तरको वृक्षारोपणको लागि वृक्षारोपण पहल नेपालले अपनाएका दश सुनौला नितिहरुः

१. हामीले उक्त क्षेत्रको विध्यमान वनको संरक्षण गरिरहेका छौँ ।
२. स्थानिय समुदायलाई वृक्षारोपण परियोजनाको केन्द्रमा राखी वृक्षारोपण कार्यक्रम अगाडि बढाइरहेका छौँ ।
३. बहुविध लक्ष्यहरु पुरा गर्न जैविक विविधता पुनः प्राप्तिलाई विशेष जोड दिएका छौँ ।
४. वन विनाश भएको क्षेत्रमा पुनः वनिकरणको लागि सहि क्षेत्र चयन गरी कार्य अघि बढाइरहेका छौँ ।
५. सम्भव भएसम्म प्राकृतिक वन पुनरुत्थानलाई प्राथमिकता दिइरहेका छौँ ।
६. जैविक विविधतालाई अधिकतम बनाउन सक्ने सहि रुख प्रजातिहरु चयन गर्दछौँ ।
७. छनोट गरिएका रुख प्रजातिहरु परिवर्तनशील मौसमा अनुकुलन गर्न सक्षम छन् भनि निश्चित हुदँछौँ । ।
८. छनोट गरिएका रुख प्रजातिहरुको वृक्षारोपणको लागि कार्य योजना बनाउँदछौँ ।
९. उक्त कार्य योजनालाई ब्यावहारिक रुपमा प्रयोग गर्दछौँ ।
१०. उक्त कार्यलाई सबैको लागि लाभदायी बनाउँदछौँ ।